आर्थिक संकटका झेल्दै उदयपुर बालहेल्पलाईन

उदयपुर
    आर्थिक संकटकाकारण जिल्लाको एक मात्र बालहेल्पलाईन १०९८ सञ्चालनमा कठिनाई भएको छ ।
    सार्कविकास कोष, केन्द्रिय बालकल्याण समितिसँगको सहकार्यमा नेस्पेक उदयपुरले १० बर्ष अघिदेखि सञ्चालन गरेको हेल्पलाईन आर्थिक अभावकैकारण समस्यामा परेको हो ।
    बालबालिकाको आपतकालिन उद्धार, राहत, परामर्श तथा संरक्षण र सेवाका लागि सञ्चालित हेल्पलाईनमा सडक, यातायात, श्रम शोषणमा परेका बालबालिका आउने गरेको संस्थाका महासचिब अर्जुन पोखरेलले जानकारी दिए ।
    उनले जोखिममा परेका, हराएका, वेवारिसे, दुव्र्यवहार, यातायात, घरेलुहिंसा, बालविज्याई, यौन अपराध, अभिभावकसँग कारागारमा बस्दै आएका बालबालिकालाई सेवा दिँदै आएको बताए । सरोकारवाला र सेवाग्राहीसँगको अन्तरक्रियामा कार्यक्रम संयोजक शिरोमणि खतिवडाले आर्थिक अभावकैकारण सेवा विस्तार गर्न नसकिएको बताए ।
    बालबालिकाका लागि अस्थायी आवासकोरुपमा रहको हेल्पलाईनमा असार यता मात्रै ३८ जना बालबालिकाले सेवा लिएका छन् । त्यसमध्ये २ बालक र २ बालिकालाई उपचार खर्चसमेत व्यहोर्नु परेको संयोजक खतिवडाले बताए । उनले जोखिममा परेका बालबालिकालाई आर्थिक सहयोगको निम्ति दिगोपनाको अभाव भएको बताए ।
    त्यसैगरी श्रममा लागिपरेका सवालमा सबै क्षेत्रको एकरुपता कायम हुन नसक्नुकाकारण पनि श्रमशोषणबाट मुक्ति दिलाउन नसकिएको उनले बताए । सोही अवसरमा बिद्यालयको पोसाक, जुत्ता, कपि, कलमको अभावमा बिद्यालय जान असहज मानिरहेका आधारभुत बिद्यालय त्रियुगा नगरपालिका १३ असारीका १३ जना बालबालिकालाई संस्थालो सोही सामग्री उपलब्ध गराएको छ ।
    कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरीले जोखिममा परेका बालबालिकालाई उद्धार र पुर्नःस्थापना गर्नु नै जोखिमपुर्ण काम भएको बताईन् । उनले भनिन्, चेतना भएकालाई त बुझाउन गार्हो हुन्छ, ति झन अवोध बालबालिकालाई उद्धार गरी राख्नु चुनौतीपुर्ण कार्य भएको बताईन् । उनले आर्थिक अभाव हुन नदिन नगरपालिकाले केहि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    त्यसैगरी प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बालहेल्पलाईन सञ्चालन मात्र भन्दा पनि त्यसकले प्रवाह गर्ने सेवा र निरन्तरता प्रमुख भएकाले त्यतातर्फ ध्यान दिन सबैलाई आग्रह गरे । उनले हेल्पलाईन आफैमा सेवामुखि काम भएकाले सेवालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाब दिए । प्रजिअ खड्काले बालसुधारगृहको अवधारणाबाट अबको हेल्पलाईन सञ्चालन गर्नु पर्ने सुझाब दिए । हेल्पलाई देशभरका ११ जिल्लामा सञ्चालनमा छन् ।
                                        

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]