आदिबासी जनजाती महासंघ उदयपुरका नयाँ कार्यसमितिलाइ (फोनिज) द्धरा स्वागत

गाइघाट , साउन २८
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा उदयपुरले स्थापना दिवशको अबसर पारेर हालै नेपाल आदिबासी जनजाती महासंघ उदयपुरको छैटौ जिल्ला अधिबेसनबाट निर्बाचित भएका पदाधिकारीलाइ स्वागत तथा सम्मान गरेको छ ।

सोमबार फोनिजको २० औं स्थापना दिवसको अवसर पारेर फोनिज जिल्ला शाखा उदयपुरले नयाँ कार्यसमितिलाइ सम्मान संगै “संवैधानिक ब्यबस्था र मिडियामा समावेशी अबस्था” बिषयमा  छलफल समेत गरेको छ ।

कार्यक्रम नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)का केन्द्रिय सदस्य बिश्वराज तामाङको प्रमुख आतिथ्यतामा  भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले फोनिज र जनजाती महासंघ विचमा समन्व र सहकार्य आवश्यक रहेको बताबताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै महासंघका नवनिर्वा्चित अध्यक्ष गौरीशंकर उदासले महासंघलाई आगामी दिनमा सबै क्षेत्र संग समन्वय रसहकार्य गरेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । यस्तै पत्रकार महासंघ प्रदेश सचिव हरीकुमार राईले आदिवासी जनजाती पत्रकारहरु संख्यात्मक बृद्धि भन्दा पनि गुणात्मक स्तर बृद्धि तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष तथा फोनिज सल्लाहकार महेश्वर चाम्लिङले आदिवासी जनजातीहरु विचमा एकता नहुदाँ उपलब्धीहरु हासिल गर्न नसकिएको बताउनु भयो । उहाँले आदिवासी जनजातीहरु विभिन्न राजनैतिक रंगहरुमा विभाजित हुदाँ त्यसले सहि उपलब्धी हासिल गर्न नसकेको बताउनु भयो ।

 कार्यक्रममा फोनिज उदयपुरका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, फोनिज पूर्व अध्यक्ष अप्सरा समाल, फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राई, आदिवासी जनजाती महासंघ त्रियुगा नगर समन्वय समितिका अध्यक्ष भैरव श्रेष्ठ, पत्रकार महासंघ प्रदेश पार्षद राजेन्द्र दुष्ट, तामाङ पत्रकार महासंघ उदयपुरका अध्यक्ष नरेशमोहन तामाङ, थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखीलाल चौधरी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।