अविरल वर्षाको कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

उदयपुर , साउन १
अविरल वर्षाको कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । ज्यान गुमाउनेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ का मन कुमार तामाङ , रौतामाइ गाँउपालिका वडा न.८  डिल्लीबर स्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगर र सोही गाँउपालिका वडा न.७ मुर्कुचीका अर्जुन तामाङको छोरा १३ बर्षिय आर्यन तामाङ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख बीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

तामाङको सोमबार राती छौडिया खोलामा आएको बाढीले बगाएर मृत्यु भएको स्थानीयको भनाइ छ ।उनको शब मंगलबार बिहान मुर्कुची बाट १० किलोमिटरको दुरीमा त्रियुगा नगरपालिका ६ मोहनपुरमा फेला परेको थियो । छौडिया खोला उदयपुरगढी गाउँपालिका ८ सिम्लेको रातमाटेमा पहिरोले थुनिएर ताल बनेको थियो । सोहीपहिरो खोलिँदा रौतामाई गाउँपालिका७ मुर्कुचीका तामाङको घरमा पसेको बताइएको छ ।

यस्तै डिल्लीबर स्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखामको पहिरोमा परी ज्यान गएको प्रहरीले जनाएको छ  ।