अवको बर्ष स्यावासीबर् ः मन्त्रीथापा

उदयपुर , जेठ १३ब
महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले वर्तमान सरकारको अबको बर्ष जनताको स्यावासी पाउने बर्ष भएको बताएकी छिन् ।
उदयपुरमा आयोजित प्रथममहिला भेलालाई सम्बोधनगर्दै उनलेपहिलो बर्ष कानुन र संघियताको अभ्यास, दोस्रो बर्ष पुर्नसंरचनानिर्माण र तेस्रो बर्ष समृद्धीको बर्ष रहने बताएकी छिन् ।
विल्कुलै नयाँ संघियताको अभ्यासमा पहिलो र दोस्रो बर्ष वितेकाले जनताको चाहानालाई तेस्रो बर्षले समेटी स्याबासी पाउनेमा वर्तमान सरकार ढुक्क रहेको उनले बताईन् । कम्युनिष्ट सरकार प्रतिजनताको आसा र भरौसा निकै रहेकाले जनताको विश्वासलाई कुठाराघात हुननदिने गरी कामहरु अगाडी बढाइने उनले बताईन् ।
कार्यक्रममा बोल्दै मन्त्रीथापाले समान दृष्टिकोणको अभावमा महिलाहरु थप हिंसाको सिकार बन्नबाध्यभएको बताईन् ।संक्रिर्ण, पुरातन सोच अहिले पनिकायमै छ । उनले भनिन्, यीदुबै सोच महिलाको अधिकार स्थापितका लागि बाधक छन् । उनले पुरातन जीवनशैली र प्रवृतिको अन्त्यका लागि मन्त्रालयले विशेष कार्यक्रमल्याउने तयारी गरिहेको बताईन् ।
मन्त्रीथापाले समृद्ध नेपाल र सुखि नेपालीबनाउने वर्तमान सरकारको परिकल्पनाको बाधक वेरोजगारी समस्या रहेकाले वेरोजगारी समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको बताईन ।
कार्यक्रममा पुर्वमन्त्री मन्जुकुमारी चौधरीले संबिधानले कसैलाई पनिविभेद् नगरेको बताईन् । उनले संबिधानले सबैको हकअधिकार सुनिश्चित गरेकाले अबमहिलाहरुले लडाई लडिरहनु नपर्ने बताईन् । मन्त्रीचौधरीले कर्तव्य गरे अधिकार संगसँगै आउने भएकाले कर्तव्य नबिर्सन आग्रहगरिन् ।
कार्यक्रममाप्रदेस सांसद अम्बिकाथापा, संन्जादनुवार, अधिकारकर्मी रेणु अधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टीका नेताहरुले बोलेकाथिए । संबिधानमा समाबेश भएका महिला अधिकारलाई स्थापितगर्ने उदेश्यले जिल्लामा पहिलोपटक महिला भेलाको आयोजना गरिएको हो ।
सोमबार सम्म सञ्चालन हुने कार्यक्रमको दोस्रो दिन सोमबार स्थानीय तहका महिलाहरुको संम्बैधानिक हक अधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिक अधिकारलाई स्थापित र संस्थागतगर्ने गरी प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक समितिका संयोजक जिल्ला समन्वय समितिका उप प्रमुख गंगा राईले बताईन् ।
त्यसैगरी सरकारबाट जारी भएका नीति तथा, कार्यक्रम तथा योजनाहरुमा महिलामैत्री योजनातथा रणनीति निर्माण गरी लैगिंक समानता सुनिश्चितताका लागि आधार तयार, महिलाको श्रम, पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका, महिलाका सवालतथा नेतृत्व स्थापित, लैगिंक समानतामा देखिएका समस्या चुनौतीका बिषयमा छलफल हुने जनाइएको छ ।
जिल्लाका १ सय ५८ जना जनप्रतिनिधि र अन्य अधिकारकर्मी गरी ४ सय जनाको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहका महिला वडा सदस्यहरुको योजना तर्जुमा , लैगिंक मैत्री वजेट निर्माण, समावेशीतामा महिलाको अर्थपूर्ण सहभागिताका लागि कार्यक्रमले सहयोग पुर्याउने गरी प्रशिक्षित गराईने आयोजक समितिका सदस्य सृजना दनुवारले जानकारी दिईन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]