अभिभाबक भेला तथा अभिनन्दन कार्यक्रम सम्पन्न

ठबिन्द्र मगर
ताप्लि रुपाटार , असार १९
ताप्ली गाउँपालिकाको वडा न. ५ मा रहेको आधारभुत बिद्यालय  मादलेले बुधबार ४५ औं बर्ष पार गरेको अवसरमा अभिभाबक भेला तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका संस्थापक सदस्यहरुलाइ अभिनन्दन समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिकाका प्रमुख उद्धबसिंह थापाले बिद्यालयले ४५ औं बसन्त पार गरेको अवसरमा शुभकामना ब्यत्त गर्दै पढाइमा समेत गुण्स्तरीएता ल्याउनु पर्नेमा जोड दिनुभयो । यस्तै ४५ औ बर्ष पार गरेको अवसरमा बिद्यालय बयबस्थापन समिति तथा शिक्षकलाइ सिमेत प्रसङ्सापत्र द्धरा सम्मान गरीएको बताइएको छ ।