अदुवा जोन कार्यक्रम सुरु

गाईघाट , माघ २१
उदयपुरका ६ वटा स्थानीय तहमा अदुवा÷वेसार जोन कार्यक्रम सञ्चालन हुने भएको छ । सुन्तला जोन कार्यक्रम सफल हुँदै गएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र रौतामाई, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
परियोजनाअन्र्तगत अदुवा वेसार क्षेत्र हुने ६ वटा स्थानीय तहका २७ वटा वडामा लागु हुने वरिष्ठ कृषि अधिकृत उदयनारायण शर्माले बताए । उनले पकेट क्षेत्रका सबै सम्भाव्यता अध्ययन गरी यसै बर्षदेखि कार्यक्रम सञ्चालन गरिने बताए । परियोजनाले चालु आर्थिक बर्षमा कर्मचारी तलव, कार्यालय व्यवस्थापन, भ्रमण, गोष्ठि, कृषक अनुदान गरी एक करोड १८ लाख वजेट प्राप्त भएकोमा कार्यक्रमतर्फ भने ७० लाख खर्च हुने उनले जानकारी दिए 

परियोजना सञ्चालन सम्बन्धि आईतबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो । सम्भाव्यता अध्ययनकाक्रममा बेलका नगरपालिका वडानं ५,६,७,८, चौदण्डी १,८, त्रियुगा १४,१५,१६, रौतामाई गाउँपालिका २,३,४,५,६,८, उदयपुरगढीको २ देखि ८ सम्म र लिम्चुङबुङको १ देखि ५ वटा वडा पकेट क्षेत्रकोरुपमा विकास गर्न सकिने देखिएपछि कार्यक्रम सुरु गरिएको अधिकृत शर्माले जानकारी दिए ।
२०७३ देखि २०८२ सम्ममा सञ्चालन हुने यो परियोजनाका लागि केन्द्रिय सरकारले १ खर्व ३० अर्व ७४ करोड २० लाख रुपिँया खर्च हुने अनुमान गरेको छ । उत्पादित कृषि उपज उचित वजार व्यवस्थापन नहुनु, आर्थिकरुपले सकृय जनशक्ति विदेशिनेक्रम बढ्नु, वढ्दो जग्गाको खण्डीकरण र घडेरीकरण भएपछि सरकारले कृषि क्षेत्रलाई वलियो बनाई आत्मनिर्भर बनाउने उदेश्यकासाथ जोन परियोजना सञ्चालन गरेको हो ।
परियोजनामा कृषि व्यवसाय प्रवद्र्धन, श्रोत केन्द्र सहयोग, पोष्ट हार्भेष सेन्टर, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रिकरण र सानासिचाई सहयोग जस्ता कृयाकलाप सञ्चालन गरिने बताइएको छ । यसअन्र्तगत वजारिकरण, प्रशोधन केन्द्र, पुर्वाधार निर्माण, सुधार, कृषि औजार सहुलियत, माटो परिक्षण, सिचाई सुबिधा ५० देखि विद्यागतरुपमा सतप्रतिशत सहुलियत दिईने जनाइएको छ ।