१८ वर्षको उमेरमा यस्ती थिइन् मदर टेरेसा, हेर्नुहोस् दुर्लभ फोटोहरु

एजेन्सी ११ भाद्र । संसारमा यस्ता व्यक्तिहरु निकै कम छन् जसले बिना स्वार्थ आफ्नो जीवन परोपकारमा समर्पित गरेका हुन्छन् । मदर टेरेसा पनि यस्तै सीमित व्यक्तिहरुमध्ये एक हुन् । हिजो शनिबार उनको जन्मदिन । २६ अगष्ट १९१० मा म्यासेडोनियाको राजधानी स्कोप्जेमा जन्मिएकी मदर टेरेसाले आफ्नो पूरै जीवन परोपकारमा समर्पित गरिन् । आज हामीले उनको जन्मदिनको अवसर पारेर उनको युवा अवस्थाका केही तस्वीरहरु संकलन गरेका छौं ।