‘प्रथम जाल्पा गोल्डकप’ चैत्र २५ देखी

उदयपुर, चैत्र २३
त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेमा यही चैत्र २५ गतेबाट ‘प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिता २०७५’ आयोजना हुने भएको छ । २०७६ बैशाख २ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद एक लाख सहित मेडल ट्रफि र प्रमाणपत्र र दोस्रो हुने टिमलाई रु. ५० हजर सहित मेडल ट्रफि र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

त्रियुगा नगरपालिका–१६ स्थित जाल्पा स्पोर्ट क्लबको आयोजनामा हुने गोल्डकप सोही वडाको सुकौरा खेल मैदानमा आयोजना हुने आयोजक जाल्पा स्पोर्ट क्लबका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताको तयारी अन्तिम चरनमा पुगेको बताएको छ ।


प्रतियोगिताको मुख्य प्रायोजक उदयपुर सिमेण्ट उद्योग रहेको छ भने सहयोगीमा त्रियुगा नगरपालिका , त्रियुगा नगरपालिका वडा न . १६ वडा कार्यलय र गोर्खा ब्रुअरी प्रालि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा गाईघाट फुटबल क्लब, रौता स्पोटर्स क्लब रौतामाई गाउँपालिका, स्वर्णिम सपना युवा क्लब जलजले, बेल्टार युनाईटेड फुटबल क्लब, जाल्पा स्पोटर्स क्लब सुकौरा, असारी फुटबल क्लब असारी, फ्युजन फुटबल क्लब बोक्से र उदयपुरगढी गाउँपालिका फुटबल क्लबकोे सहभागिता रहने बताइएको छ  ।