८ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी १ नम्बर प्रदेशबाट उदयपुरका अजित छनौट

उदयपुर , फागुन ११
आठौ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी बक्सीङमा उदयपुरका अजित मगर छनौट भएका छन । १ नम्बर प्रदेश स्तरीय छनौट प्रक्रियाबाट मगर छनौट भएको बताइएको छ ।
गत फागनुन ७ गते देखी बिराटनगरमा जारी छनौट प्रतियोगीताबाट ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुन १ नम्बर प्रदेशबाट उदयपुरका अजित छनौट भएको उदयपुरका बक्सीङ प्रशिक्षक धन बहादुर मगरले जानकारी दिनुभयो ।
यस्तै उदयपुरबाट लक्ष्मण राइ , रन्जिता मगर , देबका भुजेल , नारायण भुजेल र सदन खालिङ राइ फाइनलमा पुगेका छन । उनिहरु ८ औँ राष्टिय खेलकुद प्रतियोगीताको लागी छनौट हुने नहुने आज टुङ्गो लाग्ने प्रशिक्षक धन बहादुर मगरले बताउनुभयो ।
बक्सीङ संगै बिभिन्न खेलको १ नम्बर प्रदेश भरीबाट हाल बिराटनगरमा छनौट कार्य भइरहेको छ ।