मोरङलाइ पराजित गर्दै एपिएफ छैठौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश

गाइघाट , असार ५
उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को फाइनलमा सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई २–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि दावेदार मानिएको दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए । सशस्त्रले सुरुवातको ११ औं मिनेटमै हरि कार्कीले पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लिएको थियो । पहिलो हाफको खेलको ४४ औँ मिनेटमा नै सशस्त्रका स्ट्राइकर प्रविन स्याङ्तानले गोल गर्दै खेल २–० को अग्रतामा ल्याई पुर्याएका थिए ।

खेलको म्यान अफ दि म्याच एपिएफका जर्सी नं. १६ का हरि कार्की घोषित भए । उनले ७ हजार प्राप्त गरे । उनलाई रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले पुरस्कार वितरण गरे । आज  हुने दोस्रो सेमिफाईनलको खेलमा घरेलु टिम उदयपुर ११ र गोर्खा ब्वाइज क्लब रुपन्देही विच हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । एसियन थाइफुड्स प्रालि र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]