झापालाइ हराउदै उदयपुर विजयी । उदयपुरलाइ प्रोत्साहनको लागी त्रियुगा नगरपालिकाले १ लाख दिने

गाइघाट , असार २
उदयपुरको गाइघाटमा जारी छैटौं रमपम उदयपुर गोल्डकपको आइतबार भएको खेलमा आयोजक घरेलु टिम उदयपुर ११ विजयी भएको छ । आयोजक उदयपुरले झापा ११ लाई शून्यकाविरुद्ध एक गोल गर्दै बिजयी भएपछी उदयपुर ११ लाइ  त्रियुगा नगरपालिका उदयपुरका मेयर बलदेब चौधरीले नगरपालिकाको तर्फबाट खेलाडीको प्रोत्साहनको लागी नगद १ लाख दिने घोषण समेत गर्नुभएको छ ।  ए लेबलको गोल्डकपमा उदयपुरले जितेको यो अहिलेसम्मकै एतिहासिक सफलता भएको भन्दै मेयर चौधरीले पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

उदपुर ११ को तर्फबाट पहिलो हाफको ३८ औँ मिनेटमा जर्सी नम्बर १५ का दिपक गुप्ताले गरेको गोललेनै निर्णायक बनेको थियो । झापा ११ दुइ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच उदयपुर ११ का गोल कर्ता दिपक गुप्ता घोषित भए । उनले नगद ७ हजार प्राप्त गरेका छन । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्नेछन । सोमबारको खेल मोरङ ११ र नेपाल पुलिस क्लव काठमाडौंबीच हुने आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारी गराउनुभयो ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]