छैठौ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौंले चुम्यो ।

उदयपुर , असार ७
छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ (सशस्त्र प्रहरी क्लव) काठमाडौंले चुमेको छ । शनिवार सम्पन्न फाईनल खेलमा उपाधी चुमेसंगै सशस्त्रले नगद पाँचलाख शिल्ड ,मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता गोर्खा ब्वाईज रुपन्देहीले नगद ३ लाख  पुरस्कार प्राप्त गरेको छ ।

विजेतालाई १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार र शिल्ड प्रदान गर्नुभएको थियो भने उपविजेतालाई पूर्व सहरी बिकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो । फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो । खेलको ७३ औं मिनेटमा सशस्त्रको तर्फबाट १४ नम्बरका खेलाडी श्याम नेपालीले गरेको गोलनै निर्णायक बनेको थियो ।

प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सशस्त्रका २८ नम्बरका राजेन्द्र रावल घोषित भए । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरे । खेलको सर्र्बा्धिक गोलकर्ता रुपन्देहीका ७ नम्बरका फोफना घोषित भए । उनले जम्मा ३ गोल गरेका थिए । उत्कृष्ठ खेलाडी सशस्त्रका ११ नम्बरका नविन लामा घोषित भए । उत्कृष्ठ गोलरक्षकमा सशस्त्रका गोलकिपर अमृत चाौधरी भए ।

उत्कृष्ठ डिफेन्डरमा रुपन्देहीका १५ नम्बरका पेपे ट्रउरे घोषित भए । उत्कृष्ट मिडफिल्डर रुपन्देहीकै ११ नम्बरका नितिन थापा घोषित भए । प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक सशस्त्रका सुदिप श्रेष्ठ घोषित भए । त्यस्तै उदीयमान खेलाडीमा आयोजक उदयपुर–११ का १६ नम्बर खेलाडी सुदिप श्रेष्ठ घोषित भए । उत्कृष्ठ घोषित खेलाडीहरुलाई नगद १५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]