गाइघाट फुटबल क्लबलाइ पछी पर्दै जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीले चुम्यो ।

गाईघाट , बैशाख ४
प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटवल क्लवले चुमेको छ । जाल्पा स्पोर्टस क्लव उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका १६ स्थित उदयपुर सिमेण्ट उद्योगको खेलमैदानमा मंगलबार भएको फाईनल खेलमा गाईघाट फुटवल क्लवलाई ४–३ को गोलअन्तरले पछि पार्दै उदयपुरगढीले जित हात पारेको हो ।


निर्धारित ९० मिनेटको खेलमा दुबै समुहबाट २–२ गोल भएपछि खेल ट्राईव्रेकरमा पुगेको थियो । खेल सुरु भएको १ मिनेटमा गाईघाटका समिरराज राउतले खाता खोलेका थिए । गाईघाटका सुनिल खड्काले प्रहार गरेको सुटलाई विपक्षी गोलरक्षक दिलकुमार लिम्बुले नियन्त्रणमा लिएर पनि भुईमा खसालेपछि समिरले त्यसको सदुपयोग गरेका थिए ।


निकै नै आक्रमक खेल खेलेको उदयपुरगढीले व्रेक अघि कुनै गोल गर्न सकेन । व्रेकपछिको समयलाई गढीका खेलाडीहरुले भरपुर सदुपयोग गरेका थिए । व्रेक लगत्तै ३ मिनेटमा गढीका उज्वल चाम्लिङले १ गोल गर्दै खेल बराबरीमा पुर्याए । लगत्तै २० औँ मिनेटमा गढीका सुरज भुजेलले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
गढीले अग्रता लिएको ३५ औँ मिनेटमा पुनः गाईघाटका सुनिल खड्काले १ गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारि

त समय पछिको थप गरिएको समयमा पनि कुनै समुहबाट गोल नभएपछि खेल ट्राईव्रेकरमा पुगेको थियो । ट्राईव्रेकरमा गाईघाटका दुई र गढीका १ खेलाडीले गोल गर्न सकेनन् ।
गाईघाटका लागि अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरे भने गढीका योगेश बुर्जामगर, उज्वल चाम्लिङ, सबिन थापा र विजय भुजेलले गोल गरे । प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गढीका विजय भुजेल उत्कृष्ट खेलाडी र गढीकै दिलकुमार लिम्बु उत्कृष्ट गोलरक्षक घोषित भए ।


जितसँगै उदयपुरगढीले नगद १ लाख १ हजार १ सय ११ रुपिँया शिल्ड र उपविजेताले नगद ५० हजार ५ सय ५ रुपिँया र मेडल प्राप्त गरे । उनीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र अखिल नेपाल फुटवल संघका पवक्ता तथा केन्द्रिय सदस्य किरण राईले नगदसहितले सम्मान गरे ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]