त्रियुगा नगरपालिका भित्र पनी फौजी किरा

उदयपुर , भदौ १९
अमेरिकन फौजी किरा त्रियुगा नगरपालिकामा पनि फैलिएको छ । त्रियुगा नगरपालिका ७ कालीखोला पाखा टोलका करिव ६ विगहा क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको छ । फौजी किराको प्रकोप महाभारत क्षेत्रमा पनि यसअघि देखा परेको थियो । पाँच साताअघि सुरु भएको फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।


त्रियुगा नगरपालिका ७ स्थित कालीखोला पाखा टोलका करिव डेढ दर्जन किसानको मकैमा फौजी किराको प्रकोप देखा परेको वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले बताए । उनका अनुसार फौजी किराले किसानहरुको मकै पूर्ण रुपमा नष्ट गरेको छ ।


फौजी किराले मकै पूर्ण रुपमा नष्ट गरेपछि अहिले कोदो र धानमा पनि सर्दै गएको त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख नाथुराम चौधरीले बताए । उनका अनुसार ६ विगहामा डेढ दर्जन भन्दा बढी कृषकको मकै सखाप भएको छ भने धान, तरकारी र कोदोमा सर्ने क्रममा रहेकोले नियन्त्रणको लागि त्रियुगा नगरपालिका कृषि शाखा प्रयत्नरत रहेको बताए ।


उनका अनुसार बुधबारबाट प्रकोप क्षेत्रमा विषादी छर्ने काम भएको छ । बुधबार डेढ विगहा क्षेत्रफलका मकैबालीमा कृषि प्राविधिक सहितको टोलीले विषादी छर्कने काम भएको छ ।


फौजी किराको आयु १२ दिनसम्मको मात्र हुन्छ । एउटा वयस्क फौजी किराले २४ सय वटासम्म फुल पार्छ र विकासक्रम पनि तीव्र हुन्छ । किसानका अनुसार फौजी किराको समूहले घाम लागेका बेला मकैको गुबोभित्र पसेर खान्छ । रातिको समयमा कलिला पात खाए मकैको बोट सखाप पार्छ । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने गरेको कृषक आइतमाया राईले बताईन ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]