सिरियाका लागि उदयपुमा नागरिक समाजको दिप प्रज्वलन

नरेशमोहन तामाङ
१५ फागुन , गाईघाट
 सिरियाको पुर्वि गुटा क्षेत्रमा बिगत आठ दिनयता भैरहेको निरन्तर हिसांत्मक युद्धमा परी ज्यान गुमाउनुपरेका बालबालिकाहरुको उद्धारको लागि मंंगलबार साझ गाईघाट बजार मेनचोक स्थित उदयपुरका नागरिक समाजले दिप प्रज्वलन गरेका छन् । करिव २ दर्जन सामाजिक संस्थाहरुको सहभागितामा दिप प्रज्वलन, प्रार्थना र मौनधारण गरी बम हमलामा ज्यान गुमाउने बालबालिकाहरुको आत्माको शान्तिको लागि सो कार्यक्रमबाट संयुक्त प्रेस बिज्ञप्ती निकालिएको हो ।
मानव अधिकार र बालअधिकार सम्बन्धि सन्धि र महासन्धिहरुको बिश्वका महाराष्ट्रहरु बाटै गम्भिर उल्लघंन भएको भन्दै शान्तिपुर्ण बार्ताबाट युद्धबिराम गर्न सम्बन्धित सम्पुर्ण अन्र्तराष्ट्रिय निकायहरुको ध्यानाकर्षण गराउन सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सहभागी सागर नेपालले बताए ।
 गैसस महासंघका अध्यक्ष महेश्वरी राईले संचालन गरेको कार्यक्रममा माननिय अम्बिका थापा, गैसस महासंघका केन्द्रिय सदस्य सृजना दनुवार र बिभिन्न संस्थाका प्रतिनिधिहरुले शान्तिको कामनाका लागि अपिल गरेका थिए ।
संयुुक्त प्रेस बिज्ञप्तीमा गैसस महासंघ उदयपुर, जाल्पा, पेसोक, लोकतान्त्रिक गैसस, नेस्पेक, हुरेन्डेक, बाल बिकास, ओरेक, मासवेश, सेतो गुरास, पारालिगल, डिफान, प्रयास नेपाल, पत्रकार महासंघ, सुचनाको हकका लागि नागरिक समाज, गाईघाट युवा समुह, जिल्ला शिक्षा कार्यालय, युवा संजाल र बेलका न.पा. को हस्ताक्षर रहेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]