सिरियाका हृदयविदारक तस्विरहरु: मानवता लोप भएकै हो त ? (फोटो फिचर)

सिरियामा मानवता लोप भएको आभास देखिन थालेको छ । सिरिया सरकारले विद्रोही समुह भन्दै गरेको बम हमलामा परि पाँच सय भन्दा धेरैको मृत्यु भएको छ  । एक अध्यन अनुसार सो आक्रमणमा १२१ जना भन्दा धेरै  बालबालिका मारिएकाहरु मारिएका छन् ।

सिरिया सरकारले रुसको सहयोगमा विद्रोहीको क्षेत्रमा एक सातादेखी लगातार हमला गरिरहेको छ।

बिद्रोही र सरकारी सुरक्षाबलको चेपुवामा परेर थुप्रै निहत्था सर्वसाधारणले ज्यान गुमाईसकेका छन् भने हजारौं घाईते भएका छन्।

उक्त क्षेत्रमा अझैपनी लगातार बम आक्रमण भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ।जथाभावी बम आक्रमणमा परेर घाइते र ज्यान गुमाएकाहरुको विभत्स र स्तब्ध बनाउने तस्विरहरु सार्वजानिक भइरहेको छ। सामाजिक संजालमा मुटु काप्ने खालको हृदयविदारक तस्विरहरु शेयर भइरहेका छन्।

सामाजिक संजाल प्रयोकर्ताहरुले सिरियाको घटनालाई लिएर चिन्ता र दु:ख प्रकट गरिरहेका छन् र मानवता लोप भएको भन्दैं प्रतिकृया दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविरामका लागि अपील गर्दै एउटा प्रस्ताव पारित गरेको छ।दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा एक हप्तासम्म चलेको व्यापक बमबारीपछि यो निर्णय लिइएको हो।

युद्ध विराम गर्न आग्रह

जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेका जर्मन चान्सलर मर्केलको कार्यालयले आइतबार जनाएको छ ।

शक्तिशाली यूरोपेली नेताहरूले फोनवार्तामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा घोषणा गरिएको युद्धविरामलाई कार्यान्वयनमा लान आग्रह गर्नुभएको हो ।

उहाँहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि अधिकतम दवाव दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रसियाली पहलबारे छलफल गर्नुभएको हो ।

यस अघि म्याक्रोँ र मर्केलले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणलाई रोक्न पत्र लेखी औपचारिक आह्वान गर्नुभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी शुक्रबार जनाएको थियो ।

यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुग्नुभएका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गर्नुभएको हो ।

जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका थिए ।

रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ । उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ । बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार विगत केही दिनमा सरकारी सेनाले चलाएको हवाई कारबाहीमा कम्तिमा ७०० सिरियाली नागरिकको मृत्यु भएको जनाएको छ ।

सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: purbelidarp[email protected]
  • [email protected]