भारतसँग युद्धको पक्षमा चिनियाँ जनता !


बीबीसी ७ भाद्र  । चीनको सरकारी संचामाध्यमले भारतका गृहमन्त्री राजनाथ सिंह सौहार्दपूर्ण टिप्पणीको स्वागत गरेको छ। साथै जोड दिँदै चीनले भनेको छ, ‘डोकलाम विवादको सुल्झाउन भारतीय सैनिक फिर्ता हुनु आवश्यक छ।’

भारत र चीनबीच भुटानसँग जोडिएको सीमा डोकलाममा सुरु भएको विवाद तेस्रो महिनामा पनि जारी छ। यी तीन देशबीचको सीमासँग जोडिएको ट्राई–जंक्शनमा यो विवाद १६ जुनदेखि त्यतिबेला सुरु भएको थियो, जब भारतले चीनले बनाएको सडकप्रति आपत्ति जनाएको थियो।

सोमबार गृहमन्त्री राजनाथ सिंहले भारत–तिब्बत सीमा पुलिस (आईटीबीपी) को एक समारोहमा डोकलाम विवाद चाँडै समाधान गर्नुपर्ने बताएका थिए।
भारतीय संचारमाध्यमका अनुसार गृहमन्त्री सिंहले डोकलाम विवादमा चीनले चाँडै छलफल गर्ने विश्वास व्यक्त गर्दै भारतले केवल शान्ति चाहेको बताएका थिए।

राजनाथ सिंहको यो अभिव्यक्तिमाथि चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘यदि उनको सो अभिव्यक्तिको अर्थ चीनको अनुरोध (भारतीय सेना विना सर्त फिर्ता) लाई बुद्धिमतापूर्ण जवाफ दिने हो भने त्यसको स्वागत गर्नुपर्छ। हामी आशा गरौं भारत एक देशका रुपमा आत्मसम्मानकासाथ काम गर्नेछ र चाँडै आफ्ना सैनिक फिर्ता बोलाउने छ।’

यद्यपी चीनका अनलाइन प्रयोगकर्ताले राजनाथ सिंहको अभिव्यक्तिको सीमा न्युज पोर्टलमा भने आलोचना भएको छ। सिचुआन प्रान्तका एक समाजिक संजाल प्रयोगकर्ताले  लेखेका छन, ‘यो एक राम्रो अवसर हो। भारतलाई विभाजित गर्नुपर्छ र दक्षिण तिब्बतलाई पुन आफ्नो बनाउनुपर्छ।’
शंघाइका एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘ चेतावनी पहिलादेखिनै दिइएको हो। अब चुप लागेर बस्नु हुँदैन।’

अर्का समाजिक प्रयोग कर्ताले लेखेका छन्, ‘डोकलाममा आक्रमण गर्ने भारतीय सेनालाई अहिलेसम्म केही गरिएको छैन ? के चीनको चेतावनीमा अब कुनै दम छैन।’ संघाइका अर्का सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘ आक्रमणकारी शान्तिका विषयमा बेमतलवको कुरा गरिरहेको छ।’

अर्का सामाजिक प्रयोगकर्ताले लेखेका छन, ‘चीन आफ्नो स्थिति अगाडि राख्न सक्छ। पहिला भारतले विनासर्त डोकलामबाट पछि हट्नुपर्छ।’
गुआङगोङबाट अर्का सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘सिक्किमको स्वतन्त्रतालाई प्रोत्साहित गरौं र सिक्किमलाई फिर्ता ल्याउने अनुमति दियौं। दक्षिण तिब्बतलाई फिर्ता ल्याउँ। तिब्बतको पानीलाई झिंजियाङतर्फ मोडौं। ए–सैन (भारतलाई चीनमा बोलिने अपमानजनक शब्द) लाई यो सिकायौं कि छिमेकीलाई कसरी इज्जत गर्नुपर्छ।’

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]