न्यक्लियर बमले विश्व हल्लाउने उत्तर कोरियाको धम्की, अमेरिकाले दियो यस्तो जवाफ

एजेन्सी ६ कार्तिक  । उत्तर कोरियाले विश्व युद्धका लागि न्यक्लियर बमसहितका हतियार तयारी अवस्थामा राखेको खुलासा गरेको छ। उत्तर कोरियाका विदेश मन्त्री कङ क्यूङ व्हले न्यूज एजेन्सीसँगको कुराकानीमा यो कुराको पुष्टी गरेको समाचारमा उल्लेख छ।

अब चाडै नै उत्तर कोरियाले आफ्नो शक्ति देखाउन न्यक्लियर बम हान्न सक्ने उनले दाबी गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तवार्तामा उत्तर कोरियासँग कुनै पनि अवस्थामा जुध्न तयार रहेको बताएका छन्।

उनले भनेका छन्, यदी उत्तर कोरियाको मुद्दा हो भने म तपाईलाई सम्झाउन चाहन्छु की अमेरिका उत्तर कोरियासँग लड्न पूरै तयारी अवस्थामा छ। उनले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग उत्तर कोरियासँग भिड्नका लागि राम्रो शक्ति रहेको बताए। यसअघि उनले चीनले अमेरिकालाई सहयोग नगरेको आरोप लगाएका थिए।

ट्रम्पले भनेका छन्, देखेर मात्रै के हुन्छ र, तपाईलाई विश्वासै लाग्ने छैन हामी एकदमै तयारी अवस्थामा छौँ । उनले उत्तर कोरियाको बैँकिङ कारोबार बन्द गरिदिएको पनि बताए।

अमेरिकाले परमाणु हमलाको माहोल बनाओस् भनेर यसअघि उत्तर कोरियाले केही देशलाई खतम गर्ने धम्की दिएको थियो।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]