नेइमारलाई दुई वर्षको जेल सजाय

मंसिर ९ – स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ । करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो ।सन् २०१३ मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना आउने क्रममा भएको करछली आरोपमा नेइमार दोषी पाइएको स्पेनिस अदालतले जनाएको छ । न्यायाधीश जोसे पेराल्सले बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेललाई पाँच वर्षको जेल सजाय र ८४ लाख युरो जरिवाना तिर्नु पर्ने फैसला गरेको छ । तर क्लबका अहिलेका अध्यक्ष जोसेप मारिए बार्टोमेउ विरुद्धको आरोप भने फिर्ता भएको छ ।स्पेनिस कानुन अनुसार दुई वर्षसम्मको जेल सजायमा जेलमा गएर बस्नु पर्दैन । यस अनुसार नेइमारले दुई वर्षको जेल सजाय भएपनि जेलमा भने बस्नु पर्दैन । बार्सिलोनाका पूर्व अध्यक्ष रोसेल, नेइमार तथा उनका बुवाले फैसला विरुद्ध अपिल गर्ने तयारी गरेका छन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]