जापानमाथि उत्तर कोरियाको मिसाइल, मानव बस्तीमा भागाभाग



बीबीसी  १३ भाद्र ।  उत्तर कोरियाले पुन मिसाइल परीक्षण गरेको छ।  उत्तर कोरियाले परीक्षण गरेको मिसाइल उत्तरी जापानमाथि बाट उड्दै समुन्द्रमा खसेको जापानले जनाएको बीबीसीले उल्लेख गरेकाे छ।

उत्तर कोरियाले मिसाइल परीक्षण गर्दा कुनै पनि मिसाइल जमीनमाथिबाट गएको थिएन।  उत्तर कोरियाको पछिल्लो कदमले जापान र उत्तर कोरियाबीचको तनाव झन बढ्ने अनुमान गरिएको छ।

स्थानीय समय अनुसार मंगलबार विहान उत्तरले मिसाइल परीक्षण गरेको थियो। जापानकातर्फबाट सो मिसाइललाई ध्वस्त पार्न कुनै पनि कदम नचालिएको बीबीसीले उल्लेख गरेको छ।

उत्तर कोरियाले परीक्षण गरेको मिसाइलले जापानको उत्तरी होकाइडो द्वीपको पूर्वतर्फ करिव तीन हजार किलोमिटरको दूरी तय गरेको थियो। मिसाइलको चपेटामा आउने जापानी इलाकामा साइरन बजाएर मानिसलाई सावधान गरिएको थियो। र मानिसहरुलाई सुरक्षित क्षेत्रमा जान आग्रह गरिएको थियो। स्थानीय संचारमाध्यमका अनुसार समुन्द्रमा खस्नुभन्दा पहिला मिसाइल तीन टुक्रा भएको थियो।

गत शनिबार पनि उत्तर कोरियाले तीन वटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो। सो मिसाइल परीक्षणपछि जापान सरकारले मिसाइलको चपेटामा आउने क्षेत्रमा मानिसलाई सावधानी अपनाउन आग्रह गरेको छ। यद्यपी जापानीको प्रसारण कम्पनी एनएचकेका अनुसार हालसम्म मिसाइलका कारण कुनै प्रकारको क्षति भएको छैन।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापान सरकार आफ्ना नागरिकलाई सुरक्षित राख्न सरकारले धेरै प्रयास गरिरहेको जनाएका छन्। जापान सरकारका मुख्य सचिव योशिहिदे सुगाले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई एक ‘अभूतपूर्व, गम्भीर खतारा’ भएको बताएका छन्। त्यसको जवाफमा जापानले उचित कदम उठाउने उनको भनाइ थियो।

बीबीसीका अनुसार मिसाइल मिसाइलको हवाई मार्गलाई मध्यनजर गर्दै जापानले यो परीक्षणले तनाव  झन् बढ्ने जनाएको छ। उत्तर कोरियाले केही दिन पहिला अमेरिकासम्म मार हान्न सक्ने अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो र अमेरिकी द्वीप गुआमा आक्रमण गर्ने धम्की दिएको थियो।

अमेरिकी रक्षा मन्त्रालयले मंगलबार उत्तर कोरियाले गरेको मिसाइल परीक्षणबाट अमेरिकामाथि कुनै खतरा नरहेको जनाएको छ। अमेरिकाले सो परीक्षणको खुफिया जानकारी दिने काम भइरहेको जनाएको छ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]