को हुन् यी स्टार खेलाडी ? जसले पूरै करिअरमा सचिनलाई फाले एकमात्र बल, त्यही बलमा गरे आउट

एजेन्सी। सचिन तेन्दुलकर क्रिकेट जगतमा भगवानको रुपमा चिनिन्छन् । उनले क्रिकेट इतिहासका अधिकांश ठूला रेकर्डहरु आफ्नो नाममा राखेका । पछिल्लो समय अस्ट्रेलियाका कप्ता स्टिभ स्मित सचिनकै पदमार्ग पछ्याउँदैछन् ।

यी दुई स्टार खेलाडीबीच एउटा अनौठो संयोग परेको छ । कमै मात्र बलिङ गर्ने स्टार ब्याट्सम्यान स्मिथले आफ्नो पूरै करिअरमा अर्का स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरलाई एकमात्र बल फालेका छन् । संयोग त के भने त्यही एकमात्र बलमा सचिन तेन्दुलकर आउट भएका छन् ।

यो रोचक संयोग २०३ मा भएको हो । मार्च २०१३ मा भारतमा भारत–अस्ट्रेलिया टेस्ट सिरिज भएको थियो । सिरिजको तेस्रो टेस्टमा अस्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा ४०८ रन बनाएपछि भारत जवाफी ब्याटिङमा आयो । त्यो इनिङमा ओपनर शिखर धवन र चेतेश्व्र पुजारा आउट भएपछि सचिन तेन्दुलकर चौथो क्रममा ब्याटिङका लागि आएका थिए ।

लञ्चको ठिक अगाडि ९५ औं ओभरमा अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले स्टिभ स्मिथलाई बल दिए । त्यतिबेला स्मिथ सचिनलाई पहिलोपटक बलिङ गर्दै थिए । रोचक संयोग, स्मिथको पहिलो बलमै सचिन इडी कोवानको हातबाट क्याच आउट भए । त्यो नै स्मिथले सचिनलाई गरेको पहिलो र अन्तिम बल थियो । अर्को टेस्टमा स्मिथलाई कप्तानले बलिङ नै गराएनन् । त्यही वर्षको नोभेम्बरमा सचिनले टेष्ट क्रिकेटबाट सन्यास लिए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]