कृष्णसारमा के छ त्यस्तो, जसले सलमान खानलाई ५ बर्ष जेल पुर्यायो ?

चैत २२, काठमाडौँ | भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ ।

'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो । कृष्णसार जसलाई कालो हरिण पनि भनिन्छ, यसलाई भारतमा कालो हरिण पनि भनिन्छ ।

जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । उनलाई अब जेल लगिनेछ । ५२ वर्षीय खानले माथिल्लो अदालतमा फेरी आफु माथि गरिएको फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन् । तर त्यसको लागि पनि उनि कम्तीमा केही दिन भने जेलमा बस्नुपर्नेछ ।

घटना भएको मिति १९९८ मे महिनाको २६ गतेको हो । त्यसको अलावा २८ सेप्टेम्बरमा पनि उनले घोडा फारममा अर्को एउटा कालो हरिणको सिकार गरेको आरोप लागेको थियो । त्यसै वर्ष अक्टोवर २ मा बिश्नोई समुदायले सलमानलाई कृष्णसार मारेको आरोपमा मुद्दा दिएको थियो र त्यसको १० दिन पछी पक्राउ गरिएको थियो । जमानतपछी उक्त मुद्धामा निकै लामो समय फैशला नभई रहेको अवस्थामा आज उनलाई दोषी ठहर गर्दै ५ बर्ष जेल सजाय र १० हजार जरिवाना तिराइने आदेस दिईएको हो ।

कृष्णसार दुर्लभ बन्यजन्तु अन्तर्गत पर्छ । यसलाई भारतमा इन्डियन एन्टेलोप पनि भनिन्छ । यो विशेष गरि नेपाल, भारत र पाकिस्तानमा पाइन्छ । कृष्ण सार यसकारण विशेष छ जसले समय र परिस्थिति अनुसार आफूलाई बदल्न सक्छ । तर पछिल्लो समय यसको बिबिध कारण लोप हुँदै गएकोमा विश्वको चिन्ता छ । त्यसैले पनि संरक्षणमा भारतमा पहिलो नम्वरमै यसको नाम आउँछ । यसको सिकार गर्ने कुनै छुट दिईएको छैन । पहिले निकै सिकार हुने गरेको र लोप हुने स्थितिमा पुगेको कारण यसको सिकार पूर्ण रुपले प्रतिवन्दित लगाइएको भारतीय बन अधिकारिहरुले जनाएका छन् ।


कृष्णसारको तौल औशत ३४-४५ किलोग्राम हुन्छ । जसको उचाई ७४-८८ सेन्टिमिटरको हुन्छ । अर्को विशेष कुरा के पनि छ भने हरिणले रङ्ग बदल्छ । हरिण घना जंगलमा नभई मैदानी इलाकामा बस्ने हुँदा मानव अतिक्रमणको चपेटामा परेको छ । बिबिसी हिन्दिमा लेखिएको समाचार अनुसार २ सय बर्ष अघि हरिणको संख्या ४० लाख थियो तर १९४७ सम्ममा आईपुग्दा यसको संख्या ८० हजारमा झर्यो । १९७० सम्ममा आउँदा त्यो शंख्या पनि घटेर २२-२४ हजारमा झर्यो र संरक्षण गर्न थालेपछी सन् २००० सम्ममा ५० हजार पुग्यो । यसको कुनै सरल गणना छैन ।


भारतले हरिण संरक्षणमा विशेष ध्यान किन पनि दिएको छ भने यसको एतिहासिक महत्व जोडिएको छ । भारतीय सिन्धुघाटिको सभ्यतामा यो भोजनको स्रोत मानिएको छ । त्यस्तै धोलावीरा र मेर्हगढमा पनि यसको अवशेष पाइएको छ । भारतमा बिश्नोई समुदायले हरिणलाई पुजा गर्छन । आन्ध्र प्रदेशमा हरिणलाई स्टेट एनिमलको दर्जा पनि दिईएको छ । धार्मिक कुरा हेर्ने हो भने हिन्दु प्राचीन ग्रन्थको अनुसार कृष्णसार भगवान कृष्णको रथ खिच्ने गरेको मानिन्छ । त्यस्तै कृष्णसारलाई वायु, सोम र चन्द्रको वाहन पनि मानिन्छ ।
नेपालमा छुट्टै कृष्णसार संरक्षण क्षेत्र

नेपालमा सन् २००९ देखि कृष्णसार संरक्षण क्षेत्र भनेर छुट्टै संरक्षण क्षेत्र तोकिएको छ । जसको क्षेत्रफल १६.९५ वर्ग कि.मि. रहेको छ । हालको प्रदेश नम्बर ५ अन्तर्गत पर्ने बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको हो । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ ।


२०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष स्थापना भएको बेला बाँके, बर्दिया जिल्ला लगायत समग्र नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) खडा भइसकेपछि २०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भन्ने बारे खोजी गरियो । त्यसबेला बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू समेत जम्मा ९ वटा कृष्णसार फेला परेका थिए । यसरी फेला परेका कृष्णसारको पूर्ण संरक्षणको लागि तत्कालै वन विभागको एक÷चारको सशस्त्र सुरक्षा गार्ड खटाई कृष्णसार संरक्षण चौकी खडा गरिएको थियो । सोही प्रयासको फलस्वरूप कृष्णसारको घघद्ध नेपालका संरक्षित क्षेत्रहरु संख्यामा वृद्धि भई हाल तिनको संख्या २८१ पुगेको छ । यसै सन्दर्भमा कृष्णसारको संरक्षण गर्न अति आवश्यक देखिएकाले कृष्णसार संरक्षण क्षेत्रको स्थापना भएको हो ।

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ । त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ । कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]