उत्तर कोरियाको हाइड्रोजन बम ५० किलोटनको भएको पुष्टी, पड्किए के हुन्छ ?

 सोल  २० भाद्र  । उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको पाइएको छ । यो क्षमताको बमले सयौं वर्षसम्म असर गरिरहने विज्ञहरु बताउँछन् । यसले हजारौं वर्ग किलोमिटर क्षेत्रमा विनाश मच्चाउन सक्छ । बन पड्किसकेपछि पनि यसको रेडिएसनले लामो समयसम्म मानिसलाई असर गर्छ । हिरोसिमा र नागासाकीको ७२ वर्ष पुरानो बमले अहिले पनि असर गर्छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा यसबारे जानकारी दिएको छ ।

उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । उक्त आणविक तत्व अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको थियो । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]