अमेरिकी कोरियाली सैन्य अभ्यासको विराेधमा खतरनाक प्रतिक्रिया

प्योङयाङ  ३ कार्तिक । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको समाचार छ। यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन्।

अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ।

बुधबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले सो जानकारी दिएका छन्। उनले उक्त विज्ञप्तिमा भनेका छन्– यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन्।

सो विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएाक छन् ।

यी दुई देशले सञ्चालन गरेको यो सैन्य अभ्यास उनीहरुको इतिहासमा सबैभन्दा ठूलो सङ्ख्याको रहेको बताइएको छ । तर कतिजना सेना वा के कस्तो सैन्य प्रदर्शनी त्यहाँ भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ । सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन् ।

उक्त सैन्य अभ्यास उत्तर कोरियाको सो आणविक परीक्षण पछि आएकोले यसले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको बताइएको छ। (रासस/सिन्ह्वा)

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]